नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव नेपाल समूहका कार्यकर्ता आज माइतघरमा आन्दोलनमा आएपछि नेताहरुमाथि “आजसम्म कसका तिमीहरु माइतीघरमा भेला भएका थियौं ?” भन्दै प्रश्न सोध्न थालिएको छ ।

निर्मला पन्त प्रकरण, भ्रष्टाचार विरुद्धको आन्दोलन, लिपुलेक, गोबिन्द केसी वा नाकाबन्दीमा पनि माइतीघर नआएका नेताहरु अहिले संसद् विघटन भएर आफ्नो पद धरापमा परेपछि माइतीघरमा आन्दोलनमा आएको भन्दै चर्चा परिचर्चा सुरु भएको छ ।

शुक्रबार तीनजना पूर्वप्रधानमन्त्रीहरु माइतिघरको सडकमा पलेंटी कसेर बसेपछि सामाजिक सञ्जालमा उनीहरुको आन्दोलनको नैतिकतामाथि प्रश्न गर्न थालिएको छ ।

सामाजिक सञ्जालमा केही व्यक्तिहरु लेख्छन् “यिनीहरु कहिल्यै सडकमा आएनन्। याद रहोस् माइतीघरमा गोविन्द केसी आमरण अनसन बसिरहँदा यिनीहरुले कर्फ्यु लगाए, माइतीघरलाई नै निषेधित क्षेत्र तोके, जनताविरुद्ध पानीका फोहरा छ्यापे। आज संसद् विघटन भएर पद धरापमा परेपछि यी सडकमा आउँदा यिनीहरुलाई किन समर्थन गर्ने?

जनताको पैसामा पचासौँ सरकारी गाडी र ६० जना अंगरक्षक राख्न पर्ने को हुन् यिनिहरु ?

भारतले सीमा मिच्दा, रोडमा नआउने नेता

आफ्नो पदको लागि, रोडमा आउँछन् भने

पकै ! यि नेताहरु देश बनाउन होइन आफु बन्नलाई नेता भएका रहेछन ।

फेसबुकमा लाक्पा गेल्जेन शेर्पा आजको आन्दोलनको तस्विर राख्दै लेख्छन् “प्रचण्ड ज्यु जनताको लागी सडकमा आएको हो भने सुरक्षागार्ड नराखी आउनु । फैसला जनताले गर्नेछ

ट्विटरमा बिमल सुवेदी लेख्छन्

कठै बरा।

लगभग तिन वर्ष संसदमा सासंद रहंदा जनसरोकारका बिषयको उठान गरेको भए आज सासंद महानुभावहरुलाई माइती घर मण्डलमा हामी ज्युदै छौ भनेर प्ले कार्ड बोकिरहनु आवश्यक हुँदैन्थयो।

संसद मरेको त अघिल्लो हप्ता हो; जनताका लागी आफ्ना जनप्रतिनिधि (सासंद) मरेको त चुनावको नतिजा आए संगै हो।

ट्विटरमा बिद्युत लामिछाने लेख्छन्

माइतीघर पनि कमरेड हरु ले कब्जा गरेछन्, हामीलाई चाहिँ प्रदर्शन गर्न पाइन्न भनेर लेखेट्थे