• गृहपृष्ठ
  • समाचार
  • देश/प्रदेश
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • अर्थ / वाणिज्य
  • अन्तर्वार्ता/व्यक्तित्व
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    जीवनशैलीधर्म / संस्कृतिरोचक खबरस्वास्थ्यप्रवासबाघपाइला डेस्कबाघपाइला न्युज टिभी
  • २०८३ असोज ५ गते सोमवार
  • ePaper
  • विज्ञापन
  • हाम्रो टिम
  • गृहपृष्ठ
  • समाचार
  • देश/प्रदेश
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • अर्थ / वाणिज्य
  • अन्तर्वार्ता/व्यक्तित्व
  • मनोरञ्जन
  • खेलकुद
  • अन्य
    जीवनशैलीधर्म / संस्कृतिरोचक खबरस्वास्थ्यप्रवासबाघपाइला डेस्कबाघपाइला न्युज टिभी
ताजा अपडेट
पोखराको नर्मदेश्वर आश्रममा लायन्स क्लबहरूद्वारा संयुक्त वृक्षारोपण तथा गोडमेल कार्यक्रम सम्पन्न
3 months अगाडि
माउण्टेनसिटीद्वारा रिपोर्टिङ तालिम र माइन्युट हस्तान्तरण’ कार्यक्रम सम्पन्न
3 months अगाडि
विश्व सम्मेलनको तयारीका लागि अध्यक्ष बानियाँ युरोप जाँदै
5 months अगाडि
चट्याङ लागेर स्याङ्जामा एकको मृत्यु, ५ सय ५० कुखुरा मरे
5 months अगाडि
शंकरपोखरीदेखि काठमाडौँ सिधा बस सेवा सञ्चालन
5 months अगाडि
पत्रकार महासंघ गण्डकीले बुझायाे मुख्यमन्त्रीलाई ज्ञापनपत्र
5 months अगाडि
ग्लोबल कलेजियटमा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न
5 months अगाडि
लायन्स क्लब अफ पोखरा माउण्टेनसिटीको अध्यक्षमा पदम श्रेष्ठ
5 months अगाडि
कार्कीनेटा सम्पर्क समाज पोखराद्वारा नयाँ वर्षको भित्ते पात्रो सार्वजनिक
5 months अगाडि
चर्चित
TRENDING
पोखरा पर्वत शेरबहादुर देउवा पोखरा भलिबल प्रशिक्षण केन्द्र प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल मुगु बस दुर्घटना श्री चण्डीडाँडा मा.वि. सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरा

सिर्जनशीलमा बिपी विचार गोष्ठी

बाघपाइला न्युज
  • ख-
  • ख
  • ख+
सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा साहित्यकार एवम् जननायक विश्वेश्वरप्रसाद कोइरालाको ४२ औँ स्मृति दिवसको सन्दर्भ पारेर अन्तरक्रियात्मक विचार गोष्ठी सम्पन्न भएको छ ।
गोष्ठीमा सहप्राध्यापक डा. लक्ष्मीशरण अधिकारीले कोइरालाका आख्यानको शक्ति : प्राज्ञिक सघनता तथा सहप्राध्यापक दीपेन्द्र पराजुलीले वर्तमानमा बिपी विचारको सान्दर्भिकता शीर्षकमा छुट्टाछुट्टै छलफल पत्र प्रस्तुत गरे ।
अधिकारीले छलफलपत्रमा साहित्यका क्षेत्रमा विश्वेश्वरप्रसाद कोइराला र राजनीतिमा कोइराला बिपीका नामले प्रसिद्ध भएको बताए ।
नेपाली साहित्यमा मनोविश्लेषणात्मक यथार्थवादी धाराको आरम्भ गरी यसलाई विकासित गराउनमा कोइरालाको योगदान महत्त्वपूर्ण रहेको रहेको उनले बताए । कोइरालाका कृतिको मूल स्वर असल मान्छेको खोजी रहेको अधिकारीले स्पष्ट पारे । कोइरालाका स्वेत भैरवी, दोषी चस्मा, विश्वेश्वरप्रसाद कोइरालाका कथाजस्ता कथाकृति प्रकाशित छन् भने उनका तीन घुम्ती, नरेन्द्र दाइ, मोदीआइन, सुम्निमा, हिटलर र यहुदी, बाबुआमा र छोराजस्ता उपन्यास कृति प्रकाशित छन् । उनका कविता र आत्मसंस्मरण पनि प्रकाशित छन् । कोइरालाका कृतिमा नारी अस्तित्व, समावेशी चिन्तन र सांस्कृतिक उदारताजस्ता विशेषता पाइन्छन ।
अर्का छलफल पत्र प्रस्तोता पराजुलीले बिपीको राष्ट्रियता मानिसहरूलाई जोड्ने भावना हो भन्दै बिपीले समाजवादलाई राजनीतिक समाजवाद र आर्थिक समाजवाद गरी दुई भागमा विभाजन गरेका र आर्थिक समाजवादको आधार उत्पादन भएकाले उत्पादनको वितरणबाट नै समाजवाद आउने मान्यता बिपीको रहेको बताए । बिपीले विधिको शासन र जवाफदेहितामा जोड दिएकाले हामीले यसलाई अनुसरण गर्नुपर्नेमा पराजुलीले जोड दिए ।
समग्र कार्यक्रम र विचारपत्रमाथि आफ्नो मन्तव्य राख्दै प्रमुख आमन्त्रित व्यक्तित्व नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले बिपी एसियाकै महान व्यक्ति भएको दाबी गरे । बिपीले जहिले पनि प्रजातन्त्र, समाजवाद र राष्ट्रियतालाई केन्द्रमा राखेको बताए । उनले व्यक्ति सर्वोच्चतालाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पारे । लोकतन्त्रमा मात्र व्यक्ति सर्वोच्चता प्राप्त गर्न सकिने र यसबाट मात्र समाजमा समृद्धि आउनेमा उनले स्पष्ट पारे ।
कार्यक्रममा गण्डकी प्रदेशका महान्यायाधीवक्ता चिरञ्जीवी शर्मा पौडेलले बिपी कोइरालाका विचार वर्तमान सन्दर्भमा झन् सार्थक रहेकोमा जोड दिए । उनले बिपी कोइरालाका विचारलाई नेपाल र नेपालीले बिर्सदा यहाँका जनताले दुःख पाएको तर्क अघि सारे । बिपीले शाशन सत्ता नीतिमुखी हुनुपर्छ, नेतामुखी हुनुहुँदैन भन्ने मान्यता राखेका थिए तर अहिले यसको ठिक उल्टो भएकाले समस्या आएको विचार उनले अघि सारे ।
छलफल पत्रमाथि डा. भूमिराज बस्ताकोटी, साहित्यकार हीरादेवी शर्मा, डा. पितृराज बास्तोला, समाजसेवी पारा पाखे, शिक्षाप्रेमी हेरम्बप्रसाद कोइराला, डा, नवराज न्यौपाने, आनन्द पराजुलीलगायतले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, वर्तमान सन्दर्भ, अस्थिर राजनीति, बिपीको चिन्तन र दलहरूका गतिविधिका विषयमा विमर्श गरे ।
नेतृत्त्वमा जानेहरूले राष्ट्रलाईभन्दा सत्तालाई प्राथमिकतामा राखेकाले देशले गति नलिएको र अस्थिरता बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । संस्थाका अध्यक्ष डा. विष्णुप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष हिममाया पौडेलले र कार्यक्रमको सहजीकरण संस्थाका सचिव डा. भानुभक्त आचार्यले गरेका थिए ।
संस्थाले हरेक महिना समसामयिक विषयमा आधारित वैचारिक, अनुसन्धानमूलक, सिर्जनात्मक र समालोचनात्मक काम गर्दै आएको संस्थाका सहसचिव मदन बरालले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ साउन ८ गते मङ्गलवार
प्रतिक्रिया
सम्बन्धित समाचार
पोखराको नर्मदेश्वर आश्रममा लायन्स क्लबहरूद्वारा संयुक्त वृक्षारोपण तथा गोडमेल कार्यक्रम सम्पन्न
माउण्टेनसिटीद्वारा रिपोर्टिङ तालिम र माइन्युट हस्तान्तरण’ कार्यक्रम सम्पन्न
विश्व सम्मेलनको तयारीका लागि अध्यक्ष बानियाँ युरोप जाँदै
चट्याङ लागेर स्याङ्जामा एकको मृत्यु, ५ सय ५० कुखुरा मरे
शंकरपोखरीदेखि काठमाडौँ सिधा बस सेवा सञ्चालन
पत्रकार महासंघ गण्डकीले बुझायाे मुख्यमन्त्रीलाई ज्ञापनपत्र
समाचार
पोखराको नर्मदेश्वर आश्रममा लायन्स क्लबहरूद्वारा संयुक्त वृक्षारोपण तथा गोडमेल कार्यक्रम सम्पन्न
माउण्टेनसिटीद्वारा रिपोर्टिङ तालिम र माइन्युट हस्तान्तरण’ कार्यक्रम सम्पन्न
विश्व सम्मेलनको तयारीका लागि अध्यक्ष बानियाँ युरोप जाँदै
प्रवास
अनेसास कविता महोत्सवका लागि ३०१ कविता प्राप्त
अमेरिकाबाट कटवालले भने — नेपाल विश्वका हिन्दूहरूको श्रद्धाकेन्द्र
बहराइनमा आन्दोलनरत नेपाली स्वदेश फर्कन चाहे सेवा सुविधा दिएर पठाइने
एनआरएनएको निर्वाचन स्थगित
मनोरञ्जन
गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान
गुहार गुहार भन्दै आए केशब घिमिरे
‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुने
©2021 baghpailanews | Developed By EgSoftTech