जेठ २२, पोखरा ।
आ.व. २०८१/०८२ को बजेटमा मुद्रण उद्योगलाई नकरात्मक प्रभाव पार्ने गरी बजेट ल्याएको भन्दै विरोध स्वरुप मुद्रण उद्योग संघ कास्कीले प्रेस विज्ञप्ती प्रकाशित गरेको छ ।
मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष चिन्तामणी बास्तोला र महासचिव पदम श्रेष्ठको हस्ताक्षरित विज्ञप्तीमा नेपाल सरकारबाट प्रस्तुत आ.व. ०८१/८२ को बजेट भाषणमा नेपाल भित्र सञ्चालित मुद्रण उद्योग व्यवसायलाई पलायन बनाउनेगरी ल्याइएको योजनागत नीति प्रति मुद्रण उद्योग संघ कास्कीको गम्भीर ध्यानाकर्षण भएको बताइएको छ ।
मुद्रण उद्योग संघ कास्कीका अध्यक्ष चिन्तामणी बास्तोलाले मुद्रण उद्योग व्यवसायलाई पलायन बनाउने गरी नयाँ आर्थिक बजेट आएको बताएका छन् । कोभिड पछि मन्द भएका व्यवसायहरुलाई थप उत्साह दिनुपर्नेमा झन निराशा पैदा गरेको बताए । अब धेरै उद्योग र व्यवसायीहरु बन्द हुन्छन् र व्यवसायीहरु पलायन हुनेछन्, उनले भने ।
हामीले दिएका सुझावहरु सरकारले वेवास्ता गरेको छ, तुरुन्त सच्चाएर उद्योगमैत्री भन्सार नीति लागु गर्न सरोकारवाला निकायसँग जोडदार माग गर्दछु । संघका अध्यक्ष बास्तोलाले बताए । साथै, मुद्रण उद्योगी व्यवसायीहरुको मागहरुमा एक्यवद्धता जनाउँदै आवश्यक परे थप संघर्षका कार्यक्रमहरु गर्न समेत तयार रहेको उनको भनाई रहेको थियो ।
विज्ञप्तीमा “नेपाल भित्र अरवौं लगानी भएको यस क्षेत्रमा करिब ४ हजार मुद्रण व्यवसायीहरु रहेका छन् भने प्रत्यक्ष १ लाख र अप्रत्यक्षरुपमा हजारौं जनाले रोजगारीको अवसर पाएका छन् । राज्यले उद्योग तथा व्यवसायलाई प्रवद्र्धन गर्नुको सट्टा आर्थिक वर्ष ०८१÷८२ को नीति तथा कार्यक्रममा मुद्रण उद्योगमा प्रयोग हुने कच्चा पदार्थमा विगतको भन्सार दरमा बृद्धि गरी १५ बाट २० प्रतिशत पु¥याएको र त्यसमा थप १३ प्रतिशत मुल्य अभिवृद्धी कर लगाएर ३३ प्रतिशत पुगेको छ । भने विदेशबाट मुद्रीत भई आउने केही तयारी सामाग्रीहरुमा भन्सार निःशुल्क गरेको अधिकांश सामाग्रीहरुमा ५ देखि १० प्रतिशत मात्र भन्सार शुल्क लगाउने र मुल्य अभिबृद्धि कर छुट दिने नेपाल सरकारको घोषणा प्रति मुद्रण उद्योग संघ कास्की घोर आपत्ति जनाउँदछ ।” भनी उल्लेख गरिएको छ ।
त्यसैगरी “नेपाल भित्र उद्योग व्यवसायहरुको बृद्धि गरी उत्पादन र समृद्ध राष्ट्र बनाउने नेपाल सरकारको कागजी नीतिलाई यस्ता क्रियाकलापले ठाडो चुनौती दिएको छ । मुुद्रण उद्योगलाई आवश्यक कच्चा पदार्थ देश भित्र उत्पादन हुन सकेको छैन । सम्पूर्ण कच्चापदार्थ विदेशबाट नै आयत गर्नुपर्ने अवस्था छ । देश भित्र कच्चा पदार्थ उत्पादन नहुनु र विदेशबाट ल्याइने कच्चा पदार्थमा चर्को भन्सार शुल्क, अन्त शुल्क लगाउनु र विदेशबाट ल्याउने छपाई सामाग्रीमा भन्सार शुल्क, अन्त शुल्कमा छुट दिनुले विदेशी व्यवसायलाई प्रर्वद्धन र नेपाल भित्र रहेको उद्योग व्यवसायीहरु र व्यवसायमा आवद्ध लाखौं कामदारहरुलाई पलायन गर्ने नीति हो भन्ने हाम्रो ठम्म्याईं रहेको छ ।” भनिएको छ ।
बजेट भाषणमा मुद्रण व्यवसायीप्रति उतरदायि नभई उल्टो दिशा तर्फ सरकार हिडेको भन्दै विज्ञप्तीमा “विश्वभरका देशहरुमा सरकारले तयारी वस्तु आयतमा बढी भन्सार र उद्योग विकास, प्रवद्र्धनका लागि आवश्यक कच्चा पदार्थहरुमा कम भन्सार शुल्क लगाउँदै आइरहेको पाइन्छ । तर नेपाल सरकारले भने विगत देखि नै ठीक उल्टो नीति अविलम्बन गर्दै आइरहेको पाइएको छ ।” भनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।