“हेपाटाइटिसले लिन्छ ज्यान आफू पनि बचौं, अरुलाई पनि जोगाऔं” भन्ने मूल मर्मका साथ मनिपाल शिक्षण अस्पतालले विश्व हेपाटाइटिस दिवसको अवसरमा सचेतना मूलक एक कार्यक्रम विहीवार गरेको छ ।
हेपाटाइटिस वि र सि का विरामीहरु धेरै बर्ष सम्म पनि सामान्य अवस्था देखिने र रोगको प्रारम्भिक अवस्थामा केही लक्षण पनि नदेखिने भएको हुँदा सम्पूर्ण नागरिकले जाँच गर्नुपर्ने डा. सुवास भट्टराई बताउछन्।

डा. भट्टराईका अनुसार “यो जाँच धेरै जसो अप्रेसन अघि, बच्चा पाउँदा महिलाले, रगत दिँदा र हिजो आज वैदेशिक रोजगार मा जाने बेला मा जाच्ने गर्दा यस्ता बिरामीहरु पनि नेपाल मा धेरै रहेको बुझ्न आएको छ । अरु बेला रगतमा सुगर, युरिक एसिड, एलएफटि र अन्य जाँच्दा यो हेपाटाइटिस छुट्टै जाच्नु पर्ने हुन्छ ।” उनले भने, यो रोग लागि हालेमा पनि नडराउन र नआत्तिनु होला, रोग नलुकाउनु होला, समयमा उपचार गरे जस्तो जटिल समस्यामा पनि समाधान हुन्छ । “छिप्पिदै गयो भने उसलाई जन्डिस देखा पर्न सक्छ । १५, २० वर्ष भएपछि बिरामीमा सिरोसिसका लक्षण देखिन थाल्छन् । यसको सुरुआती कमजोरी महसुस हुने, छिटै थकाइ लाग्ने, खान मन नलाग्ने, हातखुटा गलेर आउने हुन सक्छ । कतिपय अवस्थामा सिरोसिसको औषधीबाटै पूर्ण उपचार नहुन सक्छ । कलेजो प्रत्यारोपणको बाहेक अन्य कुनै विकल्प रहदैन ।”
सामान्यतय हामीले शारिरको पूर्ण जाँच गरेपनि हेपटाइटिसको जाँच नगर्ने बानी भएको हुँदा रगत जाच्ने क्रममा हेपाटाइटिस पनि जाच्न उनले अनुरोध गरेका छन्। हेपाटाइटिस वि नदिएको अवस्थामा वा भ्याक्सिन नलगाएको भएमा भ्याक्सीन लगाएर ढुक्क हुनको जानकारी गराएका छन्।
हेपाटाइटिस छ, छैन भनेर रगत जाँच गर्न मिल्ने भएकोले रगतमा संक्रमण देखिएको अवस्थामा यसको औषधि प्रयोग गरेमा रोगको उपचार हुने डा. भट्टराई बताउछन् । रगतमा खरावी नदेखिएको अवस्थामा यसको विरुद्ध भ्याक्सिन वा खोप लगाउन सकिने भएकोले सम्पूर्ण नागरिकले ध्यानमा राखेर आफु र आफ्नो परिवार जोगाउनको लागि समयमानै उपचार गर्न सुझाव दिएका छन्।
हेपाइटिसलाई नेपालबाट पूर्ण रुपमा उन्मुलन गर्नको लागि सम्पूर्ण नागरिक सचेत हुनुपर्ने बताउँदै मणिपाल शिक्षण अस्पतालले जुलाई २८ मा विशेष कार्यक्रम गर्दै आइरहेको समेत जानकारी गराएका छन् । यो रोग रगतबाट, आमाबाट बच्चामा, शारिरीक सम्पर्कबाट, सिरिन्जबाट, ट्याटु लगाउदा, कपाल काट्दा, कपाल, दाह्री काट्ने औजार लगायतका सामाग्रीहरु सेयरिङ गरेर चलाउदा सर्ने सम्भावना बढी हुने भएको हुँदा त्यस्ता सामाग्रीहरु चलाउदा विशेष ध्यान दिनुपर्ने जानकारी गराइएको थियो।
मनिपालमा भएको उक्त कार्यक्रममा विशेषगरी हेपाटाइटिस कसरी सर्छ, रोग लागि सकेपछि देखिने लक्षण, रोग लाग्न नदिन के गर्ने, लागिहालेमा कसरी यसको उपचार गर्ने विधि समेत जानकारी गराइएको थियो भने अन्य उपचारको लागि आएका र साथमा आएका परिवारहरुलाई समेत सचेतनाको लागि विशेष जानकारी मूलक कार्यक्रम गरिएको थियो ।