क्रियाशिल पत्रकारहरुको लागि आचार संहिता तालिम सम्बन्धी कार्यक्रम मंगलबार पत्रकार महासंघको सभाहलमा सम्पन्न भएको छ।
मिडियामा सक्रियरुपमा काम गर्दै आइरहेका पत्रकारहरुलाई लक्षित गरि गरिएको उक्त कार्यक्रममा करिब ६० जना पत्रकारहरुको सहभागीता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले कार्यक्रममा बोल्दै सञ्चार माध्यम राज्यलाई सही ढंगबाट अगाडि बढाउने अभिन्न अंग भएको हुँदा सत्य र तथ्यमा आधार रही काम गर्नुपर्ने बताइन्। उनले सञ्चार माध्यममा काम गर्नु दुःख, कष्ट र जोखिम उतिनै हुँदा हुँदै पनि आफ्नो काम र कर्तव्य प्रति बफादार बनेर काम गरेको बताएकी थिइन्।
सरकारी तथा जिम्मेवार निकायमा रहेर गरेका ढिलासुस्ती, अनियमितता तथा भ्रष्टचारलाई सञ्चार माध्यमबाट नै उजागर गरिदिँदा आम जनताले थाहा पाएको छ, उनले भनिन्।
श्रमजीवि पत्रकारहरुको पक्षमा सदा आफु उभिने बताउँदै प्रदेश सरकारले बनाउन लागेको विद्येयकमा पत्रकारको हक र हितलाई कुन्ठित हुन नदिने जानकारी गराएकी थिइन्।
आफू मन्त्री भएपछि भरपुर अस्पतालसँग गण्डकी प्रदेश सरकारले महिलाहरुको प्रजनन अंगमा क्यान्सर भएमा उपचारको लागि गण्डकी प्रदेशका सबै महिलाहरुलाई ५० हजार सहयोग गर्ने सम्झौता गरेको बताउँदै होलबडी जाँच गर्न र औजारहरुलाई क्रियशिल बनाउन बायोमेडिकल गण्डकी प्रदेशमा सुरुवात गर्न लागिएको र उपचारको लागि आवश्यक रगत निःशुल्क गरिएको समेत उनले बताएकी थिइन्।


तालिमका प्रमुख प्रशिक्षकहरु नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षद्वय डा.सुरेश आचार्य, धर्मेन्द्र झा र राष्ट्रिय समाचार समितिका प्रधान सम्पादक एकराज पाठकले र प्रेस काउन्सिलका सदस्य तथा अधिवक्ता दुर्गा भण्डारीले प्रशिक्षण दिएका थिए।
प्रशिक्षणमा मिडियामा अवफाह फैलाउने तरिकाबाट गैह्र जिम्मेवारीरुपमा प्रकाशन तथा प्रशारण भइरहेका समाचारहरुले आम मानिसहरुमा भ्रम छर्ने, सही सूचना प्रकाशन नहुने जस्ता समस्यालाई निर्मुलिकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रही तालिम दिइएको थियो।
तालिममा तथ्य र सत्यमा आधारित भएर काम गर्दा गर्दै पनि पत्रकार आचारसंहितामा नरही काम गर्दा आफुले लेखेको समाचारले मानवअधिकार हनन हुने काम गर्न नहुने उनिहरुको भनाई रहेको थियो।
समाचार लेख्ने क्रममा समाचारलाई नै हतियार बनाएर पत्रकारिताको धर्म विर्सन नहुने जानकारी गराइएको थियो।
सञ्चारमाध्यमबाट आम मानिसलाई सुसुचित गराउने, शिक्षित गराउने, ज्ञान दिने र आम मानिसलाई उत्पे्रेरित बनाउने तर्फको हुनुपर्ने बताइएको थियो।
पत्रकारिता क्षेत्र अहिले डिजिटल बन्दै गर्दा समाचारहरु विकृति र विसंगती तर्फ ढल्कदै जाँदा पत्रकारहरुलाई हेर्ने दृष्टिकोण नै फरक रहेको उनिहरुले बताएका थिए।
त्यसैगरी नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले कार्यक्रम फलदायी रहेको बताउँदै आगामी दिनमा एडभान्स लेवलको तालिम आवश्यक रहेको जानकारी गराएकी थिइन्।
कार्यक्रममा बोल्दै युनेस्को नेपाल आम सञ्चार समितिका सदस्य सहिष्णु पौडेलले पत्रकार आचार संहिता तालिमले सञ्चारकर्मीहरुको लेखलाई अझ मजबुद बनाउने उद्देश्य राखी कार्यक्रम गराइएको बताएकी थिइन्। त्यसैगरी तालिममा सहभागी प्रतिमा भण्डारीले लेख तथा समाचार लेख्ने, बोल्ने क्रममा स–साना कुराहरुलाई पनि ध्यान नदिदाँ त्यसले आम पाठकमा कस्तो मनोवैज्ञानिक असर पर्छ भन्ने कुरा बुझ्नुपर्ने रहेछ भनेकी थिइन्।
तुलसादेवी हरिहर फाउण्डेशनका अध्यक्ष सरु सुवेदीले कार्यक्रममा बोल्दै फाउण्डेशनले सञ्चार क्षेत्र लगायत अन्य क्षेत्रमा समेत विशेष योगदान पुग्ने गरी काम गर्दै आइरहेको बताइएकी थिइन्।
तुलसादेवी हरिहर फाउण्डेशन ललितपुर, नेपाल पत्रकार महासंघ कास्की र युनेस्को निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयको आयोजनामा सम्पन्न भएको कार्यक्रममा युएनईएससिओले सहयोग गरेको थियो। कार्यक्रम संयोजक डिल्लीरमण सुवेदी र हृया काफ्लेले कार्यक्रम सञ्चालन गरेका थिए।