गण्डकी प्रदेशका शिक्षा, प्रविधि, विज्ञान तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ र युरोपियनका तर्फबाट नेपालका लागि राजदूत नोना डेप्रेसंगको भेटघाटमा बहुप्राविधिक शिक्षालयलाई जोड दिइएको छ ।
गण्डकी प्रदेश सरकारले स्याङ्जाको फेदीखोलामा निर्माण गर्न लागेको बहुप्राविधिक शिक्षालयलाई लगानी गर्न मन्त्री श्रेष्ठले आग्रह गरेका छन् ।
‘अहिले डीपीआरको काम भइरहेको छ’ श्रेष्ठले भने, ‘अव छिट्टै पढाई संचालन गर्ने योजना छ । गुणस्तरीय शिक्षा निर्माणको लागि आर्थिक सहयोगको जरुरी छ ।’ उनले सरकारले लगानी गरेका प्राविधिक शिक्षालयमा गुणस्तर नभएको बताउदै गण्डकी सरकारले संचालन गरेको बहु–प्राविधिक विद्यालयमा भने गुणस्तर कायम गर्दै श्रम बजारको माग अनुसार अध्ययापन गराइने बताए ।
राजदूत नोनाले आफूहरु नेपालको शिक्षा क्षेत्रमा लगानी गर्न तयार रहेको बताएकी थिइन् । आफूहरुले पहिलेदेखी नै शिक्षामा लगानी गर्दै आएको बताउदै उनले अवका दिनमा पनि लगानी गर्ने योजना रहेको सुनाइन् । मन्त्री श्रेष्ठले नेपाल कृषिमा आत्मर्निभर रहेको बताउदै कोभिडका कारण कृषि क्षेत्र तहसनहस भएको हुदाँ यसतर्फ पनि लगानी गर्न अनुरोध गरेका थिए ।
मन्त्री श्रेष्ठले स्वीस देशका प्राजेक्टर कोडिनेटर उषा भण्डारीसंग पनि भेटघाट गर्दै बहुप्राविधिक शिक्षालयलाई नै जोड दिएका थिए । बहुप्राविधिक शिक्षालयमा तीन तहकै सरकारले लगानी गर्न मिल्नेछ । भण्डारीले प्राविधिक शिक्षालयको लागि स्वीसले लगानी गर्ने मौखिम प्रतिबद्धता जनाएकी छन् । उनले भनिन, ‘अव हामी यस विषयमा छलफल गर्नेछौ ।’ स्वीस सरकारले आगामी आर्थिक बर्ष सुरुबाटै लगानी गर्ने उनको भनाई छ । दुई चरणमा ४/४ बर्षको गरी यो प्रोजेक्ट ८ बर्षको हुनेछ ।
प्राविधिक शिक्षालयको लागि बजेट कति आवश्यक हो ? कसरी लगानी गर्ने ? भन्ने विषयमा छलफल नै बा“की रहेको उनले बताए । दातृ संस्थासंग सम्झौताको लागि परियोजना दस्तावेज र द्धिपक्षिय सम्झौता पत्र संघीय अर्थ मन्त्रालयमा पठाउने र दुवैपक्षबीच सम्झौता भएपछि मात्र परियोजना अघि बढ्ने मन्त्रालयले जनाएको छ । हाललाई प्रारम्भिक तथ्यांक संकलन गर्ने, तिनै तहका सरकारसंग अवधारणपत्र उपर छलफल गर्ने, परियोजना दस्तावेजन लेखनका कार्य बाँकी नै रहेको मन्त्री श्रेष्ठले जानकारी दिए । यसैगरी मन्त्री श्रेष्ठले फिण्ल्याण्डका तर्फबाट नेपालको लागि राजदूत प्रिती एटिनेनसंग पनि भेट गरेका छन् । भेटको क्रममा उनले प्राविधिक शिक्षालाई नै जोड दिएका थिए । मन्त्री श्रेष्ठले फिन्ल्याण्डमा शहर र गाउँमा एउटै तरिकाले शिक्षा कसरी उपलब्ध गराएको छ भन्ने विषयमा आफूहरुलाई पनि सहयोग गर्न आग्रह गरेका थिए ।
यस्तै, राजदुतले गण्डकीका प्राविधिक विद्यार्थी र आफ्नो देशका प्राविधिक विद्यार्थीबीच भातृत्व सम्बन्ध राख्न आग्रह गरेको बताउदै मन्त्री श्रेष्ठले यसविषयमा संघीय सरकारसंग अनुमति लिएर प्रस्ताव गरिने बताए । राजदुतले प्राविधिक शिक्षालयलाई मात्र नभई कोभिडबाट प्रभावित प्राथमिक शिक्षालाई पनि लगानी गर्न चाहेको बताए ।
प्राविधिक तथा व्यवसायीक शिक्षा एवं तालिम (सिटिइभिटी) गण्डकीका निर्देशक प्रमोदभक्त आचार्यले गण्डकी प्रदेशका लागि दक्ष जनशक्ति उत्पादनमा यी तीन मुलुकले के गर्न सक्छन भनेर छलफल गरिएको बताए । ‘हामीले गण्डकीको वस्तुस्थितिबारे जानकारी गरायौ’ उनले भने, ‘उहाँहरुले विगतमा पनि सहयोग गरेको र अवका दिनमा पनि सहयोग गर्ने बताउदै संघीय सरकारमार्फत अनुरोध गर्न भन्नुभएको छ ।’ गण्डकी सरकारको निमन्त्रणमा १२ देशका राजदुत, कुटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधि लगायत आइतबार पोखरा आएका छन् । सोही क्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र शिक्षामन्त्री श्रेष्ठले छुटाछुटै भेटघाट गरेका थिए ।