नेपाली लोकप्रिय नायक अनमोल केसीसँग फिल्म खेलेपछि नेपालमा अदिति बुढाथोकीको चर्चा सुरु भयो ।

झापाको दमकमा जन्मिएकी अदिति फेसन डिजाइनर पुष्पा बुढाथोकीकी छोरी हुन ।

उनले केही नेपाली र भारतीय म्युजिक भिडियो मा काम गरेपछि उनी ‘कृ’बाट डेब्यू गरेकी हुन् ।

मुम्बईमा बसेर सङ्घर्ष गरिरहेकी अदितिको सुन्दरताको निकै चर्चा हुने गर्छ।

५ फिट ५ इन्च उचाइ भएकी यी सुन्दरी कम बोल्ने र सरल स्वभावकी छिन् ।

‘कृ’मा काम गरेपछि केही नेपाली र पन्जाबी म्युजिक भिडियो मा पनि अभिनय गरेकी अदितिको कभरेज भारतका चर्चित मिडियाहरूले पनि बेला बेलामा गर्ने गर्छन् ।

सामाजिक संजाल इन्स्टाग्राममा अदितीका ११ लाख भन्दा बढी फलोअर्स छन् ।

सामाजिक संजालकी रानी बनेकी यी सुन्दरीका तस्वीरमा आउने प्रतिक्रियाले पनि उनको लोकप्रियता मापन गर्न सकिन्छ ।

तीन वर्ष अगाडि अनमोल केसी स्टारर चलचित्र ‘कृ’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी अदिती बुढाथोकी यसपछि मुम्बई फर्किएकी थिइन् ।

लामो समयदेखि भारतमा बसेर बलिउड प्रवेशका लागि संघर्ष गरिरहेकी उनले एक दर्जन बढी हिन्दी र पञ्जाबी गीतमा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेकी छन् ।

गएको महिना उनी अभिनीत ‘तु मेरा नही’ गीत सार्वजनिक भएको थियो ।

नेपाली मोडल तथा उदीयमान अभिनेत्री अदितिको तुलना पूर्व पो’र्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीसँग गरिएको थियो ।

भारतको एबीपी न्यूजले अदितिका अर्धन-ग्न तस्बिरसहित ‘मिलिए नेपालकी सन्नी लियोनी से’ भनेर रिपोर्ट बनाएपछि मुम्बैमा बस्दै आएकी अदिति पहिलो फिल्म रिलिज नहुँदै चर्चाको शीखर चढेकी थिइन् ।

चलचित्र ‘कृ’ खेली सकेपछी उनको चर्चा परिचर्चा एकाएक चुलिएको छ भने दर्शकको मन- मुटुमा बसिसकेकी छिन् । उनको अभिनय र सुन्दरताले नेपाली युवाहरुलाई लठ्ठ बनाएकी छिन् ।

नेपाली फिल्म ‘कृ’ मा अनमोल केसीसँग अभिनय गरेपछि चर्चामा आएकी अदिति पछिल्लो समय फिल्मका कारण भन्दापनि आफ्नो ग्ल्यामर तस्वीरका कारण चर्चामा रहन्छिन ।

उनले ‘कृ’ खेली सकेपछी अरु कुनै नेपाली चलचित्रमा काम गरेकी छैनन् ।

५ वर्षअघि एउटा म्यागजिनको आवरण तस्बिर खिचाएर ग्ल्यामरको क्षेत्रमा प्रवेश गरेकी अदिति बुढाथोकीका लागि त्यसपछिका दिनहरू फलदायी बन्दै गए ।


त्यसपछि उनले टीभीसी एड तथा पेपर एडहरूमा अवसर पाइरहिन् भने र्‍याम्प वर्क तथा फोटो सुट आदि पनि गरिरहिन् ।