बीमा समितिले कोरोना बीमा गरेकामध्ये बिहीबारसम्म १५ हजार ३८१ जनालाई बीमा दाबी भुक्तानी गरिसकेको जनाएको छ ।

बीमा समितिले सार्वजनिक गरेको विवरणअनुसार हालसम्म कुल एक अर्ब ५० करोड ११ लाख ७५ हजार रुपियाँ कोरोना बीमा दाबी रकम भुक्तानी भइसकेको छ।

अहिलेसम्म २८ हजार २९४ जनाले बीमा दावी गरेका छन् ।

बीमा दाबी गर्नेमध्ये २ हजार ६८६ जनाको फाइल स्वीकृति हुने प्रक्रियामा रहेको जनाइएको छ। आवश्यक काजपत्र पूरा नभएका कारण दुई हजार ५३ वटा फाइल सम्बन्धित कम्पनीमा फिर्ता पठाइएको छ। ७६ वटा फाइल दोहोरो परेका कारण भुक्तानी दाबी प्रक्रियाबाट बाहिरिएका छन् ।

अझै तीन हजार ७९८ परीक्षणको प्रक्रियामा छन् ।

कोरोना बीमा दावी गरेको एक देखि डेढ महिनासम्म पनि भुक्तानी पाइएको छैन । सरकारले बीमा दाबी भुक्तानी चाँडो गर्न निरन्तर दबाव दिएतापनि सो अनुसारका काम भैरहेको छैन ।