काठमाडौं । सेयर किनबेच वापत लगानीकर्ताले तिर्नु पर्ने सेयर ब्रोकर कमिशन घटेको छ।

नेपाल धितोपत्र बोर्डले शुक्रबार अधिकतम ०.४० प्रतिशत हुने गरी कमिशन घटाएको हो।

यस अघि ब्रोकर कमिशत अधिकतम् ०.६० प्रतिशतसम्म रहेको थियो।

पछिल्लो समय दिनमै ९ अर्बसम्म कारोबार हुन थालेको तथा अनलाइन कारोबारको संख्या बढेको भन्दै लगानीकर्ताले ब्रोकर कमिशन घटाउन माग गर्दै आएका थिए।