सबैले भन्छन् ठुला बडाको कुरा मान्नुपर्छ तर सन्तोष आफ्नो हजुरआमा सँग रिसाएको थियो । त्यसैपनी हजुरआमा घरमा सबैभन्दा बुझकी महिला हुनुहुन्थ्यो र काकी ले पुरै घर चलाउनु हुन्थ्यो ।

हजुरआमाले घर’खर्चको पुरै हिसाब राख्नुहुन्थ्यो, तर सबैले हजुरआमालाई कन्जुस बुढी भन्ने गर्थे । बास्तबमा हजुरआमा पैसा खर्च गर्नमा निकै नै कन्जुस हुनुहुन्थ्यो पनि ।

चप्पल चुटिदा प्लास्टिकको डोरिले बाँधेर हुन्छ कि पुरानो चप्पलको फित्ता लगाएर हुन्छ काम चलाउने गर्नुहुन्थ्यो ।

घर खर्चमा पनि पैसा कहाँ र कसरी बचत गर्ने भन्ने कुरामा सधैं ख्याल राख्नुहुन्थ्यो ।

हजुरआमाको दुई छोरा र दुई बुहारी छन् , एक नाति सन्तोष र एक नातिनी सम्झना सन्तोषको बुबा र काका दुबैले तलब ल्याएर हजुरआमालाई दिने गर्थे ।

अनि घरमा राशन, लत्ता कपड़ा जे आवश्यक हुन्छ हजुरआमाले भने अनुसार नै किनमेल हुन्थ्यो ।

सन्तोषले जहिल्यै एउटा मोबाइल चाहियो भनेर जिद्दी गरिरहन्थ्यो , भने नातिनी सम्झनाले ल्यापटप, घडी चाहियो भनी रहन्थिन, हजुरआमाले अस्विकार गर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो ‘मोबाइल ल्यापटप बिना पनि तिमीहरुको जिन्दगी चल्छ बढी किचकिच नगर’ ।

एकदिन नाती सन्तोषले हजुरआमालाई सोधेरै छाड्यो: हजुरआमा, तपाईं किन यति धेरै कन्जुस्याइँ गर्नुहुन्छ  ? पछाडि सबैले तपाइँलाई कन्जुस बुढी भन्छन् ।

हजुरआमाले मुस्कुराउदै बोल्नुभयो: थाहा छ मलाई कन्जुस भन्नेहरू मध्य तिमी पनि एक हौ नि ?

सन्तोष- तपाइँलाई यो सुन्दा नराम्रो लाग्दैन ?

हजुरआमा – “लाग्दैन … बिल्कुलै लाग्दैन… हो म कन्जुस छु यसमा के नराम्रो छ र … तर किन कन्जुस छु यो “समय” आएपछि थाहा पाउने छौँ …”

साचैनै एकदिन बुबाको “स्वास्थ”अचानक बिग्रीयो । काका, आमा, काकी, सन्तोष सबै मिलेर बुबालाई लिएर अस्पताल पुगे.. केहि परिक्षण पछि डाक्टरले भने: हार्ट-अटैक भएको हो । तुरुन्तै अप्रेसन गर्नुपर्छ, हामी सबै केहि अरु परिक्षण र अप्रेसन को तैयारी गर्छौं तबसम्म तपाइँहरू काउण्टरमा “३ लाख” जम्मा गर्दिनुहोस्।

अहिले सन्तोष’को आमा र काका काकी एकआपसमा कुरा गरिरहेका थिए, त्यसबेला घरबाट बहिनी सम्झनाको फ़ोन आयो र सन्तोष सँग हजुरआमा कुरा गर्दै बुबाको स्वास्थ अवस्थाको बारेमा सोधी रहनुभएको थियो , सन्तोष डाक्टरले के भने बाबू ?

सन्तोष- अप्रेसन गर्नका लागि भनेका छन् हजुरआमा… अहिले भर्खरै पैसा जम्मा गर्नका लागि भनिरहेका छन् .. ।

काका पैसाको बन्दोबस्त गर्नका लागि हस्पिटल बाहिर जान लाग्दै हुनुहुन्छ,

हजुरआमाले भन्नुभयो उसलाई त्याही रोक, म आइहाल्छु… केही समयपछि हजुरआमा त्यहाँ अस्पताल पुग्नुभयो र आफ्नो झोलाबाट पैसाको बिटा निकाल्दै भन्नुभयो… भन कति पैसा जम्मा गर्नु छ, यति धेरै पैसा देखेर सबैजना आश्चर्यचकित भए…,

खैर, पैसा जम्मा भयो र अप्रेसन पनि भयो… सबैकुरा ठिकठाक भएपछि हजुरआमाले सबैको अगाडि भन्नुभयो:मेरो छोरा बुहारी नाति नातिनी,यही दिनहरूको लागि म कन्जुस्याइँ गर्ने गर्थे…

यो जिबनमा थाहा छैन कतिबेला पैसाको आवश्यक पर्छ ; तिमिहरु जसलाई कन्जुस बुढी भनी रहन्थेउ म बचत गरि रहन्थे….,

जिन्दगी मोबाइल, ल्यापटप बिना पनि चल्न सक्छ । हामीले पुरानो चप्पल कपड़ाले पनि जिन्दगी राम्रोसँग बिताउन सकिन्छ, तर यदि केही बचाएर राखिएन भने पछि पछुताउनु बाहेक केहि रहदैन।

नानी हो, जसले बचत गर्न सिक्छ.. उसलाई मुस्किलको घडिमा कसैसँग हात फैलाउनु पर्दैन …. अब सबैको अनुहारमा संतोषजनक मुस्कान थियो, यो दिन पछि कहिलेपनी कसैले हजुरआमालाई “कन्जुस बुढी” भनेनन्.. ।।